Friday, 30 October 2015

बाबुरामको सानेपा निवासमा पिएले रक्सी खाएर भान्छे कुटे, गुपचुप उपचार गरिदैं

काठमाडौं, कात्तिक १३ । डा. बाबुराम भट्टराईका पिए सनिप बुढाले सशस्त्र प्रहरीका परिचर (भान्छे) लाई मरणासन्न हुने गरी पिटेका छन् । कात्तिक ६ गते टिकाको अर्को दिन शुक्रबार भट्टराईको सुरक्षामा रहेका सशस्त्र प्रहरी बलका परिचर विष्णु श्रेष्ठलाई  बुढाले आक्रमण गरेका हुन् ।
बुढाले मादक पदार्थ सेवन गरि अपराह्न तीन बजे सानेपा निवासमा ढोका थुनेर पिटेको खबर सार्वजनिक भएको छ । खाना नमीठो पकाएको भन्दै सनिपले श्रेष्ठको टाउकोमा प्रेसर कुकरको बिर्कोले हिर्काएका थिए ।
श्रेष्ठलाई मरणसन्न हुने गरि पिटिरहँदा सशस्त्र प्रहरीका जवानहरू भने सानेपा निवासमा टिटी खेलेर बसेको थिए। पिटिसकेपछि बाहिर हल्ला गरे मारेर फालिदिने भन्दै धम्की समेत दिएका थिए ।
यस्तो अवस्थामा खबर सार्वजनिक भए बदनाम हुने डरले बाबुराम पत्नि हिसिलाले सनिपलाई कुनै पनि कुरा बाहिर नलान र सशस्त्र प्रहरीलाई समेत सो कुरा नभन्न दबाव दिएकी छन् । हुलिया र परिचय समेत ढाँटेर श्रेष्ठको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।
उनको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठको सिटी स्क्यान गरिएको छ । विष्णु श्रेष्ठकी श्रीमती राममायाले भने आफ्ना श्रीमान्लाई हत्या गर्ने नियतले आक्रमण भएको बताइन् । श्रीमान्को उपचार गर्ने खर्च समेत नभएको भन्दै गुनासो गरेकी छिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us