
उनले प्रधानमन्त्रीको उम्मेदवारीसँगै आफ्नो गणित बलियो बनाउन स्वतन्त्र सभासद्लाई प्रभाव पार्ने काम सुरु गरेको छ । शनिबार नै स्वतन्त्र सांसद मेघराज निषादलाई सम्पूर्ण उपचार खर्च राज्यले गरिदिने र थप ५० लाख रुपैयाँ उपलब्ध गराइने वचन कोइरालाले दिएको स्रोतको दाबी छ ।
यसवापत सांसद निषादले प्रधानमन्त्रीको उम्मेदवारमा सुशील कोइरालालाई समर्थन गर्न भनिएको छ । सांसद निषाद किड्नीका बिरामी भएकाले उनको यही कमजोरीलाई टेकेर प्रधानमन्त्रीका अकांक्षी कोइरालाले राज्यसत्ताको दुरुपयोग गरिरहेका छन् ।
लैनचौबाट फोन
स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीको उम्मेदवारमा कोइरालालाई समर्थन गर्न भारतीय दुतावास लैनचौरबाट फोन जान थालेको छ । स्वतन्त्र सांसद निषादलाई उपचार खर्च र थप ५० लाख रुपैयाँको आस्वासनसहित कोइरालालाई सम्पर्क गर्न र सहयोग गर्न फोन गइसकेको छ । फोनमा कुनै पनि हालतमा एमाले–एमाओवादी कित्तामा नलाग्न सांसदहरुलाई प्रलोभन सुरु भएको छ ।