Monday, 5 October 2015

भारत जे भन्छ, मधेशका लागि त्यही ठीक हो : राजेन्द्र महतो

नेपालमा भारतसँग जोडिएका सबै नाकाहरु ठप्प छन् । भारतले गरेको अघोषित नाकाबन्दी कहिले खुलेको भनिएको छ त कहिले बन्द । यसबाटै भारतको नियत प्रष्ट भैसकेको छ । भारतीय पत्रिका द ईण्डियन एक्सप्रेसले एउटा फिचर समाचार प्रकाशित गरेको थियो । जसमा रक्सौलमा भएको एउटा घटनाको विषयमा लेखिएको छ ।
रक्सौलमा एउटा क्याण्टिन चलाईरहेका भारतीय जनता पार्टीका कार्यकर्ता एवं महिमा एक्सपोर्टका संचालक महेशकुमार अग्रवालको घरमा भएको प्रसंग उल्लेख छ । उनको त्यही क्याण्टिनमा खाना खाएर नेपालमा आन्दोलनकारीहरुले नाका ठप्प पारिरहेका छन् । तीनै अग्रवाल विहारको चुनावमा आन्दोलनबार कसरी फाईदा लिन सकिन्छ सो बारे चर्चा गरिरहेका छन् । उनले दैनिक करिब ७ हजार आन्दोलनकारीलाई खाना खुवाउने गरेको बताउँछन् ।
नेपालका आन्दोलनकारीसँग रोटीबटीको सम्वन्ध रहेको बताउने अग्रवालले विहारमा रहेका ४० प्रतिशत मतदाता मधेशी समुदायका रहेको बताउँदै नेपाल भारत सीमाबाट ५० किलोमिटरको फरकमा रहेका सम्बन्ध व्यापारिक मात्रै नभएर रगतको पनि भएको बताउँछन् । सम्बन्ध पनि छ,’ अग्रवाल भन्छन्, ‘बिहारका ४० प्रतिशत मतदाता मधेसी समुदायका छन् । उनै अग्रवालले नेपालको आन्दोलनमा भारतले कडा अडान लिएकोमा आफ्नौ सरकारलाई धन्यवाद दिए । उनले चीनको आडमा नेपालका पहाडीयाहरुले ब्ल्याकमेलिङ गर्ने बताउँदै मधेशीहरुलाई अगाडि बढाएर पहाडीयाहरुलाई ठेगाना लगाउने पर्ने बताउँछन् ।
अग्रवालले भारतले नाकाबन्दी गरेर नेपालको हैसियत देखाईदिएको बताउँछन् । करिब एक साताअघि सोही क्याण्टिनका खाना खाँदै थिए अहिलेका चर्चित मधेशी नेता राजेन्द्र महतो । उनै महतोले ‘भारत जे ठीक भन्छ, मधेसीका लागि त्यही ठीक हो,’ भन्दै खाना खाईरहेका थिए रक्सौल क्याण्टिनमा । उनै महतोले नेपालमा पहाडियाहरुको राष्ट्रियता भनेको भारतको विरोध गर्नु रहेको बताईरहेका थिए । उनले मधेशीहरुले मात्रै नेपालमा हुने भारतविरोधी क्रियाकलापलाई रोक्न सक्ने बताईरहेका थिए । उनले नेपालमा संविधान संशोधन गरि एक सेकेण्डमै नाकाबन्दी हट्ने बताईरहेका थिए ।
भारतले अहिलेसम्म आन्दोलनलाई साथ दिएकोमा उनी भारतसँग आभारी देखिन्थे । यो आन्दोलनमा भारतबाट सहयोग भएन र आन्दोलन कमजोर भए मधेसी आन्दोलन असफल हुने र आफुहरुको जीवन दासको जस्तो हुने बताउँथे । ‘मधेश आन्दोलन सफल हुनु भनेको भारत सफल हुनु हो’ महतोले भने ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us