
प्रधानमन्त्री तथा
ओलीसँगको टेलिफोन कुराकानीका क्रममा राजनाथले आन्दोलनरत मधेसी मोर्चासँग
वार्ता गरेर समस्या समाधान गर्न आग्रह गरे । भारतीय सञ्चारमाध्यमका अनुसार
राजनाथले मधेसी मोर्चाका नेताहरुलाई हिंसा र आन्दोलन अन्त्य गरेर वार्तामा
जान भनेको बताएका थिए ।
टेलिफोन कुराकानीका
क्रममा राजनाथले दुबै नेतालाई नेपाल र भारत युगौँदेखिको असल मित्र रहेको र
सधैँ रहिरहने बताएका थिए ।नाकाबन्दीका विषयमा कुरा गर्न प्रधानमन्त्री
शुशिल कोइरालाको बारम्वारको आग्रह अस्विकार गरेको भारत सरकारले चीनसँगको
नाका खुलेको खबर आएसँगै आफनै समस्या हल गर्न अग्रसर भनि सकेको छ ।
भारत
सरकारको दबाब आएसँगै मोर्चा लचिलो भएको छ । उसले पुर्व अडान छोड्ने संकेत
देखाएको छ ।
वीरगन्ज रक्सौँल चेक प्वाइन्टमा अघोषित नाकाबन्दी सातौँ दिन पुग्दा
काठमाडौँमा इन्धनको अभाव भएको छ । इन्धन अभावकै कारण विद्यालय, कलकारखाना
लगायत थुप्रै क्षेत्र प्रभावित छन् ।
इन्धन
अभावकै कारण नेपाल अस्पतालहरु समेत बन्द हुने अवस्थामा पुगिसकेका छन् भने
अन्तर्राष्टिय उडानका लागि तेलको व्यवस्था गर्न सरकारले निर्देशन दिइसकेको छ
। अभावकै बीच नेपालले तातोपानी नाका खुलाउने प्रयास थालेको छ ।
यहाँ
नेपालमा सामान तथा इन्धन पठाउनका लागि ४ सय चिनियाँ टक लाईनमा छन् । यसअघि
भूकम्पपछि आएको पहिरोका कारण यो नाका बन्द भएको थियो ।