भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पत्ति रहेको तथ्य खुलेको छ।
महतो २०५६ सालको आम निर्बाचन र जनआन्दोलन २०६२र६३ पछि गठित बिभिन्न संयुक्त सरकारमा रहँदा र २०६४ सालको संबिधानसभा निर्बाचन पछि पनि गठित सरकारको मन्त्री पदमा रहँदै आएको र पदको दुरुपयोग गरी १५ करोड भन्दा बढी सम्पति आर्जन गरेकोले सो सम्पति जफत गरी राज्यको ढुकुटीमा जम्मा गरिदिनु हुन अनुरोध गर्दछौं भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै बिचाराधिन छ ।

पैत्रिक सम्पत्ति शुन्य बराबर रहेका महतोले छोरा राधवेन्द्र महतोको नाममा बल्खुमा शिबशक्ति नामको हस्पीटल निर्माण गरी आर्थिक हैसियतलाई अझ उचाइमा पुर्याएका छन्। महतोले आपुर्ती र स्वास्थ्य मन्त्री बनेपछि १५ करोडको हाराहारीमा सम्पत्ति कमाइसकेका छन्। तर २०६४ अघि किराना पसल सञ्चालन गरी हेल्परको काम गर्ने उनका पिताको आर्शिवादबाट महतो एरपोर्टमा सामान्य ठेक्का पट्टाको काम गरेर राजनीतिमा उत्रिएपछि एकाएक उनको आर्थिक हैसियत आकाशिएको भन्दै उजुरी परेको थियो ।
तत्कालिन अवस्थामा महतोको भ्रष्टाचार, निरंकुश शैली र आतंक सहन नसकी केन्द्रीय सदस्यद्धय सम्भु जैशवाल र डा. रामदेव सिंहले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । महतोले २०६८ साल असोजको दोश्रो साता संचारकर्मीहरूलाई बिजया दशमीको शुभकामना दिने भन्दै प्रतिब्यक्ति पाँच हजार देखि १५ हजार रुपैयाँसम्मको रकम अबैद्य रुपले बितरण गरेका थिए।
सो रकम केही संचारकर्मीले नलिएको र मन्त्रीले सो रकम बितरण गरी अख्तियारीको दूरुपयोग गरेको भनी नेपाल पत्रकार महासंघले बिरोध जनाउँदै मन्त्री महतोलाई कारबाहीको माग गरेको थियो।महतोले स्वास्थ्य मन्त्रीमा रहंदा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा बीपी दासलाई नियुक्ति गर्दा एक करोड घुस लिएको भन्दै उजुरी परेको थियो । उनले मेडिकल काउन्सिलमा डा.निरमणी उपाध्यायलाई रजिष्ट्रार बनाउँदा पचास लाख बुझेका थिए। तर आज तिनै निरमणीलाई लोकमानसिंह कार्कीले गोप्य सल्लाहाकार बनाएका छन् ।