बिहीबार दिउँसो १ बजेर ४ मिनेटमा दुई पटक भूकम्पको धक्का महुसस भएको हो । भूकम्पले काठमाडौं उपत्यकाको केही क्षेत्रमा घरसमेत हल्लाएको छ ।
यसअघि बुधबार अपरान्ह ५ बजेर १५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको धक्का महसुस भएको थियो ।
वैशाख १२ को शक्तिशाली भूकम्पछि हालसम्म ४ म्याग्निच्यूडमाथिका करिब ४ वटा परकम्प गइसकेका छन् ।
