
चिनीया पक्षले यसअघि पनि नेपालले अनुरोध गरेको खण्डमा तेल आपूर्ति गर्न तयार रहेको बताए पनि चीनबाट तेल ल्याउन तत्परता देखाइएको छैन ।
बहिबार चिनीया विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालमा तेल आपूर्ति गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा नेपालको अनुरोध बमोजिम सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको हो ।
दुई देशको सीमा नाका केरुङ पुन सञ्चालनमा आएको सन्दर्भमा त्यहाँबाट नेपाललाई इन्धन आपूर्ति गर्ने चिनीया सरकारको योजना के छ भन्ने पत्रकारहरुको प्रश्नको उत्तरमा प्रवक्ताबाट त्यस्तो उत्तर आएको हो ।
पत्रकारहरुको प्रश्नका जवाफमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ताले नेपालको अनुरोधलाई हेरेर सहयोग गर्न अधिकतम प्रयत्न गर्ने बताएकी हुन् ।
चिनीया पक्षले पटकपटक तिमीहरु माग हामी दिन्छौं भन्ने सन्देश प्रवाह गरिरहे पनि नेपाली पक्ष भने भारतलाई रिझाएर नाकाबन्दी खुलाउने प्रयत्नमा छ । सरकारको यस्तो प्रयत्नले नेपालीहरुको महान चाड बडा दशैं समेत निरश हुने देखिएको छ ।
भारतले नाकाबन्दी लगाएदेखि नै आवश्यक माग भएमा इन्धन आपूर्ति गर्न सकिने चीनले बताउँदै आएको छ । यस विषयमा कुनै कुटनीतिक हुन सकेको छैन । नेपाललाई सकस परेकै काण चीनले नाका खोल्ने तत्परता देखाएको हो ।