
अहिले राजमार्ग मर्मतका लागि ब्रोकर, डोजर, स्काभेटर र लोडरसहित १० वटा मेसिनरी औजार प्रयोग भइरहेको र ठूलो ब्रेकर हेभी इक्यूपमेन्ट डिभिजनमा माग गरिएको उनले जनाए।
सो सडकका लागि बजेटको अभाव भएकाले माथिल्लो निकायसम्म बजेट माग गरिएको डिभिजन इन्जिनियर रामहरि पोखरलले बताए। सडक सञ्चालनमा आएसँगै भूकम्पका कारण विस्थापित भन्सार, अध्यागमनलगायतका कार्यालय सञ्चालनमा आएका छन्।
अन्यत्र गएका स्थानीय जनता पनि फर्किसकेकाले चहलपहलमा वृद्धि हुन थालेको स्थानीय व्यापारी कामी शेर्पाले बताए। रासस