
काठमाडौं
। म्याच फिक्सिङको आरोपमा बुधबार पक्राउ परेका राष्ट्रिय टिमका चार
खेलाडी र प्रशिक्षकमध्ये कप्तान सागर थापा र प्रशिक्षक अन्जन केसी मुख्य
अभियुक्त रहेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
लामो अनुसन्धानपछि प्रहरीले थापा र केसीसहित खेलाडीहरु रितेश थापा,
सन्दीप राई र विकाससिंह क्षेत्रीलाई बुधबार पक्राउ गरेको हो । उनीहरुलाई
राज्यविरुद्धको अपराध अन्तर्गत कारबाही अगाडि बढाउने तयारी प्रहरीको छ ।