‘३ सेप्टेम्बर २००८मा तत्कालनी उपप्रधान तथा ऊर्जामन्त्री अब्दुल्लाह बिन
हमान अल अत्तियाहसँग नेपालमा तेल लैजाने विषयमा औपचारिक बैठक गरेको थिएँ ।,
कतारका लागि नेपाली पूर्वराजदूत सूर्यनाथ मिश्रले भने, ‘त्यतिखेर
मन्त्रीले नेपालीले कता निर्माणमा ठूलो योगदान दिएको उल्लेख गर्दैै जति पनि
तेल दिन तयार रहेको बताएका थिए । ’
नेपाली दूतावासले अन्तर्राष्ट्रिय बजारमा तेलको व्यापार गर्ने ‘कतार
इन्टरनेसनल पेट्रोलियम मार्केटिङ कम्पनी’का प्रमुख कार्यकारी अली अल
हमादीसँग समेत छलफल गरेको थियो ।
‘नेपाललाई भाउ नबढाइकलन हामी इन्धन दिन सहमत छौ, ’त्यतिखेर हमादीले भनेका थिए । ‘कुन कुन किसिमको इन्धन चाहिन्छ ? त्यो कहाँ लगेर छाडिदिनु पर्ने हो ? तपाईलाई कति चाहिन्छ ? माग लिएर आनुस, हामी पठाइदिन्छौ । ’

मिश्रले सबै विवरण परराष्ट्रमा पठाइदिएका थिए । तर परराष्ट्रले कुनै जवाफ दिएन ।
कान्तिपुर दैनिकबाट
कान्तिपुर दैनिकबाट