विश्वकै होचा दाङ, पुरन्धाराका चन्द्रबहादुर डाँगी बाँचुन्जेल कट्टर हिन्दुवादी थिए। मन्दिर धाउँथे, देवीदेवता पुज्थे। उनले कहिल्यै धर्म परिवर्तनको सपनासम्म देखेका थिएनन्।
७६ वर्षको उमेरमा गत शुक्रबार अमेरिकाको सामुआस्थित एक अस्पतालमा उपचार क्रममा उनको निधन भयो।
त्यसपछि भने बाध्यताले चर्चको बाटो डोहोर्याोयो। उपचार खर्च बुझाउन नसकेर अस्पतालमा थन्किएको शवकै लागि उनको ‘आत्मा’ ‘प्रभु’ को शरणमा पर्नुपर्योझ।
सँगै अमेरिका गएका भतिजा दोलख फोनमा अफसोच व्यक्त गर्छन्, ‘अंकलको आत्माले के भन्यो होला?’
एक सातादेखि अमेरिकाको सामुआस्थित अस्पतालमै अलपत्र डाँगीको शवलाई दोलखले अस्पतालमै सडाउन चाहेनन्। जसरी भए पनि नेपाल ल्याएर अंकलको सतगत गर्ने प्रयासमा रहेका उनीसँग आर्थिक जोरजामको केही उपाय भएन।
अनि पुगे ‘प्रभु’ (क्रिस्चियन) को शरणमा। उनी भन्छन्, ‘अंकल बाँच्दासम्म हिन्दु धर्म मान्नुभयो, मरेपछि उहाँको आत्मालाई प्रभु कहाँ पुर्या(एँ, साह्रै दुःख लागिरहेको छ।’
अस्पताललाई तिर्ने रकमको व्यवस्था नहुँदा डाँगीको शव अस्पतालको आइसियु कक्षमै थियो। दोलखले अस्पताललाई तिर्ने खर्चको जोहो आफैं गर्न सकेनन्। न डाँगीले काम गरेको सर्कस कम्पनीले बेहोर्योख न नेपाल सरकारले कुनै पहल गर्योे।
डाँगीको शव हेर्न आउने नयाँ अनुहारका मान्छेको भिड बढ्दै थियो। त्यही भिडमा एक जनाले दोलखलाई भने, ‘शव नेपाल लैजाने व्यवस्था हामी मिलाउँछौं।’
यो प्रस्ताव दोलखका लागि ‘ढुंगा खोज्दा देउता मिलेजस्तै’ भयो। तर सर्त राखियो, ‘डाँगीको शव चर्चमा राखिनुपर्छ र आत्मालाई प्रभुकहाँ पुर्याउनुपर्छ।’
बाँचुन्जेल हिन्दु धर्मका कट्टर आफ्ना काकाको आत्मालाई क्रिस्चियन बनाउने प्रस्तावले दोलखको मन अमिलो बनायो। उनले आनाकानी गरे। ‘साह्रै अप्ठेरो लागेको थियो,’ उनले भने, ‘यस्तो पाप जानीजानी गर्दिनँ भन्नेमा थिएँ तर सकिएन।’
दोलखको असहमतिलाई त्यहाँका क्रिस्चियन धर्मका अगुवाहरुले सजिलै बुझे। अनि बाध्यात्मक परिस्थिति सुनाए। ‘यहाँ जो मरे पनि चर्चमा लगेर चिर आत्माको कामना गरेर मात्रै दाहसंस्कार गर्नुपर्छ,’ उनले क्रिस्चियन धर्मका अगुवाको भनाइ उद्धृत गर्दै भने, ‘चर्चमा लैजानैपर्ने त्यहाँको नियम रहेछ।’ त्यहाँको सरकारकै नियम भनेपछि उनी सर्त मान्न तयार भए।
‘के गर्नु हजुर नियमै हो भनेपछि मान्न करै लाग्यो, यहाँ हिन्दु कोही पनि हुँदारहेनछन्,’ उनले भने, ‘फेरि अंकलको लास नेपाल ल्याउनु थियो।’
सामुआस्थित चर्च। झन्डै ५० जनाको समूहको ‘मण्डली’ जम्मा भइसकेको थियो। चार जना प्रहरी र त्यहाँका एक धर्मगुरुका साथ डाँगीको शव गाडीमा राखेर चर्च पुर्याकइयो। अनि डाँगीका नाममा उनको आत्माका चिर शान्तिका लागि एक घन्टा ‘प्रभुको प्रार्थना’ गाइयो, नागरिकमा खबर छ ।