Tuesday, 22 September 2015

बाबुराम दम्पती ‘वडा नम्बर ६’ मा



मुख्य तीन दलले आयोजना गरेको स्वागत समारोहमा उपस्थित नभएका एमाओवादी नेता डा. बाबुराम भट्टराई आइतबार पत्नी हिसिला यमीसहित सिनेमा हेर्न हलमा पुग्नुभयो ।
भट्टराई दम्पतीसहित सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले कुमारी हल पुगेर चलचित्र वडा नम्बर ६ हेरेका हुन् । चलचित्रको युनिटसँगै बसेर सिनेमा हेरेका नेताहरुले चलचित्र मन पराएको बताए । ‘यस्ता चलचित्रहरु बन्ने हो भने विदेशी चलचित्रहरुको प्रभुत्व घ्टछ नेपाली सिनेमा उद्योगले पश्रय पाउछ’चलचित्र हेरिसकेपछि डा। भट्टराईले भन्नुभयो ‘म यो चलचित्रलाई १० मा आठ दिन्छु ।’ उहाँले चलचित्र हेरिरहदा जनयुद्वको पलहरुलाई सम्झिएको पनि बताउनुभयो। डा. भट्टराइले चलचित्र वडा नम्बर ६ सरल, यथार्थमा आधारित र गुणस्तरीय चलचित्र बनेको प्रतिक्रिया दिनुभयो ।
यस्तै भट्टराई पत्नी हिसिला यमीले पनि चलचित्रले मन छोएको प्रतिक्रिया दिनुभयो । ‘नेपालको युनिक एक्सपेरिमेन्टल चलचित्र हो वडा नम्बर ६, त्यसैले यो चलचित्रलाई ओष्करमा पर्याउनै पर्छ’ हिसिलाले भन्नुभयो, ‘यो चलचित्रलाई म १० मा ११ दिन्छु ।’ उहाँले कलाकार दीपाश्रीको अभिनय मन परेको बताउनुभयो । उहाँले दीपाश्रीले महिला शसक्तिकरणको आवाज बोल्ने अभिनय गरेको भनि मुक्तकण्ठले प्रशंसा गर्नुभयो। 
सूचना तथा सञ्चारमन्त्रीले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिनुभयो । नेपालको समसामयिक राजनितिलाई पृष्ठमा राखेर रमाईलो कमेडी चलचित्रले प्रस्तुत गरेको रहेछ, सिनेमा हेरेर धेरै हाँसियो मन्त्री रिजालको प्रतिक्रिया यस्तो थियो । सिनेमा हेर्न चलचत्रि विकास बोर्डका अध्यक्ष राजकुमार राईसहित बरिष्ठ सिनेकर्मी अशोक शर्मा लगातय चलचित्र युनिट सहित सञ्चारकर्मी र पत्रकारहरुको उपस्थिती हलसम्म पुगेका थिए ।उज्यालोअन्लाईन मा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us