Sunday, 20 September 2015
नयाँ संविधानको खुसियालीमा लोडसेडिङ नहुने
नेपालको संविधान २०७२ नेपाली जनतासमक्ष जारी भएकोमा मुलुकमा खुसियाली छाएको छ । मुलुकभर दिपावलीसँगै एक अर्कामा बधाई र खुसियाली साटासाट गरिएको छ । यसै मेसोमा संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भएको छ । संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणका अधिकारीहरुले बताए । प्राधीकरणका एक अधिकारीले दिएको जाकारी अनुसार आइबार र सोमबार प्राधिरणको नितीअनुसार सबै बिद्युत गृहबाट बिजुली उत्पादन गरिएको थियो । समाचार आजको गोरखापत्रमा दैनिकमा छ ।