Tuesday, 22 September 2015

मलाई जनकपुर जाने वातावरण बनाइदिनुहोस्ः राष्ट्रपति









































राष्ट्रपति डा. रामबरण यादवले  मधेसमा भइरहेको आन्दोलन र  असन्तुष्टिलाई सम्बोधन गर्न मंगलबार प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् । बन्द÷हड्तालका कारण मधेसमा लाखौँ नेपाललीले दिनुहँ पीडा र  अप्ठ्यारो भोगिरहनु परेकाले ‘आफैँ’ गएर जनताको कुरा सुन्न’ र समस्या समाधान गर्न उनले कोइरालालाई आग्रह गरे । ‘मलाई घर फर्कने वातावरण बनाइदिनुहोस्’ दुई मन्त्रीसहित शीतलनिवास पुगेका कोइरालालाई यादवले भनेका थिए, ‘नयाँ संविधानअनुसार शीतल निवासमा म बस्ने भनेको एक महिना हो । म त जनकपुर फर्कनै पर्छ । त्यो वातावरण छैन । ’ मधेसमा भइरहेको अशान्ति र जनताले पाएको दुःखलाई जनकपुरको उदाहरण दिएर राष्ट्रपति यादवले प्रधानमन्त्रीलाई समस्या बुझाउन खोजेको उनका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताएको कान्तिपुर दैनिकमा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us