Wednesday, 23 September 2015

प्रधानमन्त्री कोइरालाको अमेरिका भ्रमण भारतले रोकेको खुलासा



काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाले भारतको दवावमा अमेरिका भ्रमण रद् गरेको खुलासा भएको छ । संयुक्त राष्टसंघ महासभामा भाग लिन आज प्रधानमन्त्री कोइराला अमेरिका जाने मन्त्री परिषदले निर्णय गरेको थियो । तर नेपाल भारतको सम्बन्धका बिषयमा विश्वका नेताहरुले प्रश्न गरे र त्यसको जवाफ दिँदा थप समस्या आउने भएपछि उनले भ्रमण रद् गरेको उनी निकट स्रोतले बताएको छ । महासभामा भाग लिन जाँदा कोइरालको त्यहाँ धेरै देशका राष्ट प्रमुखसँग भेट हुने र त्यसको सही जवाफ दिँदा नेपाल भारतको सम्बन्धमा थप समस्या हुने भएपछि भारतले भ्रमण रद्द गर्न कोइरालालाई संदेश पठाएको थियो । भारतीय विदेश मन्त्रालयको आग्रहमा प्रधानमन्त्रीज्यूले भ्रमण रद्द गर्नु भएको हो , कोइराला निकट कांग्रेका एक केन्द्रीय सदस्यले भने मंगलबार साँझ भारतीय पक्षबाट यस्तो संदेश आएको थियो । भारतीय विदेश मन्त्रालयले कोइरालालाई मात्र नभए एमाले र एमाओवादीसँग पनि भ्रमण रद्द गर्न आग्रह गरेको थियो । भारतको आग्रहपछि एमाले अध्यक्ष ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रमण रोक्न कोइरालालाई मंगलबार साँझ आग्रह गरेका थिए । संविधान निर्माण पछि भारतको पहिलो सर्त मान्दै तीन दलका नेताहरुले भ्रमण रद्द गर्ने निर्णय गरेका थिए । कोइराला भ्रमणमा जाँदा अन्तराष्टिय समुदायले नेपालको संविधानलाई समर्थन जनाउने थप सम्भावन भएपछि भारतले भ्रमण रद्द गर्न आग्रह गरेको हुन सक्ने उनले बताए ।अन्लाईन खबरमा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us