Friday, 25 September 2015

​राष्ट्रपतिको घरमा कालोझण्डा



संयुक्त यूवा तथा संघर्ष समिति तथा मधेश अधिकार संघर्ष समितिले जनकपुरमा राष्ट्रपति डाक्टर रामवरण यादवसहित नेपाली काँग्रेस, नेकपा एमाले तथा एकीकृत नेकपा माओवादीका सभासदको घरमा कालो झण्डा झुण्ड्याएको छ ।
उनीहरुले जनकपुरको थापाचोकस्थित राष्ट्रपति डा.रामबरण यादवको घरमा कालो झण्डा झुण्ड्याएको छ । राष्ट्रपति पुत्र तथा धनुषा क्षेत्र नं. पाँचबाट संविधानसभामा निर्वाचित नेपाली काँग्रेसका सभासद चन्द्रमोहन यादवको घर राष्ट्रपतिको घर परेकोले झण्डा गाडेको आन्दोलनकारीले बताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us