Thursday, 24 September 2015

‘पब्लिसिटी स्टन्ट’ बन्दै किस


माग्ने बुढाको गालामा दुई सुन्दरीको चुम्बन: चलचित्र प्रचारका लागि चलचित्रकर्मीहरूले विभिन्न हर्कत प्रस्तुत गर्न थालेका छन् । चलचित्र प्रमोसनका लागि गरिने कतिपय यस्ता कार्यहरू सामाजिक हिसाबले नपच्ने खालको देखिन थालेको छ । पछिल्लो समयमा व्यावसायिक रूपमा आएका फिल्म मध्ये चलचित्र ‘वडा नम्बर ६’ को प्रदर्शनमा आइसकको छ । यो चलचित्र प्रमोसनका लागि फिल्मका युनिटले गरेको क्रियाकलापले प्रचारको नाममा विकृत जस्तै लाग्ने केही कामहरू हुन थालेको छ । निर्मात्री दीपाश्री निरौला र निर्माता दीपकराज गिरीले बनाएको चलचित्र ‘वडा नम्बर ६’का कलाकारले एकले अर्कालाई उचाल्ने तमाशा पहिल्यै देखाइसकेका छन् । उनीहरूले एकले अर्कालाई बोकेर प्रचारको क्रममा चर्चा कमाएका थिए । चलचित्र प्रदर्शनमा आएर राम्रै व्यावसायिक आम्दानी गरिरहेको चलचित्रको विशेष प्रदर्शनपछि काठमाडौंको कुमारी हलमा अर्को हरकत देखाए उनीहरूले चुम्बन गर्ने । उनीहरूले आपूm–आपूmलाई चुम्बन गर्ने लहर सुरु गरेका छन् । कुमारी हलमा आयोजना भएको चलचित्रको विशेष सोमा नायिका प्रियंका कार्कीलाई यसका मुख्य कलाकार सीताराम कट्टेल(धुुर्मुस)ले बोकेर घुमाए । सीतारामले बोक्दा प्रियंका पनि खुबै खुसी देखिइन् । उनै सीतारामले आफ्नी कुञ्जना घिमिरेलाई भने गालामा चुम्बन दिँदै तस्बिर खिचाए । यतिले नपुगेको महसुस भएर होला चलचित्रका मुख्य कलाकार केदार घिमिरे ‘माग्ने बूढा’लाई उनै नायिका प्रियंका कार्की र निर्मात्री दीपाश्री निरौलाले एकसाथ गालामा चुम्बन गरे । चलचित्र प्रचारका लागि विभिन्न खालका हतकन्डा मच्चाउने यो टोलीले यसपटक चुम्बन र बोक्ने कला नै देखायो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us