Monday, 21 September 2015

पहिलो संविधानसभादेखि नकाटेको दाह्री संबिधान घोषणा भएपछि काटे

जुम्लाका बमबहादुर बुढाले पहिलो संविधानसभाको चुनावदेखि नकाटेको दाह्री संबिधान घोषणा भएपछि काटेका छन। बुढाले पहिलो संविधानसभाको चुनाव २०६४ चैत २८ गतेदेखि नै दाह्री पाल्न सुरु गरेका थिए । उनले झण्डै साढे सात वर्षपछि दाह्री काटेका हुन।
शनिगाउँ–८ जोडु निवासी शिक्षक बुढाले संविधान बनेपछि सोमबार बिहान ८ बजे जिल्ला प्रशासन कार्यालय अगाडि पत्रकार सम्मेलन गरी ३० सेन्टिमिटर लामो दाह्री काटेका हुन । बमबहादुरले दाह्री काटेको हेर्न स्थानीय बासिन्दाको ठूलो जमघट भएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us