Sunday, 20 September 2015

निर्धारित समय अपरान्ह ५ बजे संविधान जारी नहुने (संविधान जारी गर्न राष्ट्रपति आधा घन्टा ढिलो आउने)

काठमाडौं : नयाँ संविधान जारी गर्न राष्ट्रपति डा. रामवरण यादव संविधानसभा भवन परिसरमा आधा घन्टा ढिलो आउने भएका छन् । संविधान जारी भएको घोषणा कार्यक्रम आइतबार अपरान्ह ५ बजेबाट शुरु गर्ने तयारी थियो । तर प्राविधिक कारणले राष्ट्रपति आधा घन्टा ढिलो आउने जानकारी आफूलार्इ प्राप्त भएको संसद् सचिवालयका सचिव मुकुन्द शर्माले जानकारी दिए । कम्तिमा आधा घन्टा ढिलो गरेर गरेर राष्ट्रपति शीत्तल निवासबाट आउने भएपछि संविधान घोषणा कार्यक्रम ६ बजेपछि मात्रै शुरु हुने भएको छ ।अन्नपूर्णा पोस्ट

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us