Sunday, 20 September 2015

संविधान जारी हुने दिन आइतबार बिहानै काठमाडौंको बसपार्कमा बन्दकर्ताले जलाए बस


असोज ३ । काठमाडौको पुरानो बसपार्कमा बन्दकर्ताहरुले एउटा यात्रु बसमा आगजनी गरेका छन् ।
दक्षिणकालीबाट यात्रु लिएर आएको बस रत्नपार्क पुगे लगत्तै बन्दकर्ताले आगजनी गरेका हुन । बा ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका थिए ।
बसबाट यात्रुहरु निस्किसकेपछि आगो लगाइएको थियो । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ । बसमा लगाइएको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । प्रत्यक्षदर्शीले दुई जना युवाहरु आएर केही बस्तु फालेपछि बसमा आगलागी भएको वताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us