Sunday, 27 September 2015

मधेशमा मिलाउनेः पहाडमा भिडाउने खतरानाक खेल




काठमाडौं-भारतका विदेश सचिव सुब्रमन्यम जयशंकर नेपालमा संविधान जारी हुनुभन्दा अघिल्लो दिन अचानक काठमाडौं आएर संविधान रोक्न नसकेपनि नेपालमा जातीय तथा क्षेत्रीय साम्प्रदायिक दंगाको विऊ रोपेर फर्किएको खुलासा भएको छ ।

संविधान जारी गर्ने प्रक्रियाबाट नेपालका शीर्ष नेतालाई रोक्न नसकेपछि उनले तराईमा मधेशी र थारुलाई मिलाउने र पहाड तथा हिमालमा खस आर्य र आदिवासी जनजातिलाई भिडाउने सुत्र फमाएर हिडेको उच्च स्रोतले जनाएको छ । 

जयशंकर फर्किएलगतै नाटकीय रुपमा थारु मधेशी सहकार्यको प्रक्रिया अगाडि बढ्नु र आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरुले संविधान अस्वीकार गर्दै महासंघका अध्यक्ष नगेन्द्र कुमाल र महासचिव पेम्बा भोटेको राजीनामा माग्नुलाई संयोगमात्र मान्न सकिदैंन । 

स्रोतकाअनुसार विदेश सचिव जयशंकरले भारत फर्किनुअघि मधेशी मोर्चाका नेताहरु र थारु आन्दोलनकारी नेताहरुलाई राजदूतावासमै बोलाएर संयुक्त रुपमा सत्ता विरुद्ध आन्दोलन केन्द्रीत गर्न निर्देशन दिएका थिए । 'आप लोग एक होकर आन्दोलन आगे बढाइए, जो कुछ चाहिए ओ सब राजदूतावाससे आपको मिलेगा' जयशंकरको भेटमा सहभागी एक थारु नेताले भने । 

जयशंकरले आदिवासी जनजाति नेताहरुलाई पनि भेटन खोजेका थिए । तर, अहिले नै नेपालका आदिवासी जनजाति नेताहरुलाई विश्वास गर्ने अवस्था नरहेको र संविधानमा आदिवासी जनजातिहरुको समर्थन रहेका उनीहरुका नेताहरुलाई बोलाएर कुरा गर्दा ब्याकफायर हुने सुझाव राजदूतावासका अधिकारीले दिएपछि उनी भेट नगरी हिडेका थिए । त्यसपछि राजदूतावासले विभिन्न च्यानलबाट आदिवासी जनजाति महासंघका पूर्व प्रमुखहरु, जो अहिले कुण्ठा पालेर बसेका छन् उनीहरुलाई उपयोग गर्न खोज्यो । 

सुरेश आलेमगर, परशुराम तामाङ, ओम गुरुङ, पासाङ शेर्पा र राजकुमार लेखीले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर संविधानलाई पूर्णत अस्वीकार गर्ने बताए । जबकि यो संविधान आदिवासी जनजातिको हितमा रहेको भन्दैं महासंघका अध्यक्ष तथा कांग्रेस सभासद नगेन्द्र कुमार र महासचिव तथा एमाले सभासद पेम्बा भोटेले संविधानमा हस्ताक्षर गरिसकेका छन् । आजको साँघु साप्ताहिकमा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us