Thursday, 24 September 2015

भट्टराईलाई जनकपुर प्रवेशमा रोक लगाउने मोर्चाको निर्णय



एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई जनकपुर प्रवेशमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रोक लगाएको छ।
भट्टराईले मधेसमा चलिरहेको आन्दोलनलाई समर्थन गर्ने कार्यक्रम रहेको चर्चा चलेपछि मोर्चा विरोधमा उत्रिएको हो। शुक्रबार उनी केही मधेशी नेतासहित जनकपुर आउने कार्यक्रम तय भएको छ।
मोर्चाका प्रवक्ता संजय कुमार सिंहका अनुसार संविधानमा भट्टराईले सही गरेका कारण उनी पनि त्यतिकै दोषी ठहर्याउँदै जनकपुरमा विरोध गर्ने मोर्चाले निर्णय गरेको छ।
भट्टराई पार्टी छोडेर आए मात्रै उनको जनकपुरमा स्वागत हुने सिंहले दाबी गरे। एकातिर मधेशीको अधिकारको विरोध गर्ने पार्टीमा पनि बस्ने र अर्कोतर्फ मधेश आन्दोलनलाई पनि सहयोग गर्ने यस्तो प्रवृतिलाई मोर्चाले स्वीकार नगर्ने उनले बताए।
भट्टराईसँगै रामचन्द्र झा, प्रभु साह र रामकुमार शर्माको पनि जनकपुर आउने कार्यक्रम रहेको छ।सेतो पाटीमा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us