Sunday, 13 September 2015

गौरमा अनिश्चितकालीन कर्फ्यु











गौरमा अनिश्चितकालीन कर्फ्यु


रौतहटको सदरमुकाम गौरमा आइतबार १२ बजेबाट स्थानीय प्रशासनले अनिश्चितकाल सम्मका लागि कफर्यु आदेश जारी गरेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र मुस्लिम गठबन्धले संयुक्तरुपमा विरोध सभा आयोजना गर्ने सूचना पाएलगत्तै प्रशासनले गौरका विभिन्न क्षेत्रहरुमा कर्फ्यु आदेश जारी गरेको हो ।

नयाँ बसपार्क देखि गौर भन्सार र बरहवा पुलदेखि टिकुलियासम्म कर्फ्यु लगाइएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जनाए । सीमाक्षेत्रमा समेत सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ भुजेलले जानकारी दिए ।

अहिले गौरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएका छ । बजार प्रवेश गर्ने नाकामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । कान्तिपुर समाचारमा छापिएको  छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us