Thursday, 17 September 2015

किसान आफैंले खोले चिया प्रसोधन उद्योग



स्थानीय बजारमा अर्गानिक अर्थोडक्स ग्रीन टीको माग बढेपछि किसान उत्साहित बनेका छन्। जिल्लाको धनकुटा र पाख्रिबास नगरपालिका क्षेत्रमा उत्पादन हुने चियाको हरियो पत्तीका लागि किसानले आफै उद्योग स्थापना गरी प्रशोधन गरिरहेका छन्।

पाख्रिबास नगरपालिकाका गोविन्द थापाले स्थानीय उद्योगबाट उत्पादित चियाले राम्रो बजार लिन थालेपछि किसान आफैले उद्योग स्थापना गरेको जानकारी दिए। सधियौंदेखि सीटीसी चियाको चुस्किमा रमाएका स्थानीयबासी आफ्नो क्षेत्रको अर्थोडक्स चियामा पल्किएका छन्।
पाख्रिबास १४ लाख रुपैयाँ लगानीमा स्थापना भएको उद्योगमा दैनिक २२ हजार केजी हरियो पत्ती प्रशोधन गरेर ६० केजी तयारी अर्गानिक अर्थोडक्स ग्रिन टी उत्पादन भइरहेको छ। उद्योगका अध्यक्ष मदन राईले चिया किसानको सामुहिक लगानीमा अर्गानिक चिया उद्योगले स्थापना गरी उत्पादन सुरु भएको जानकारी दिए। अर्थोडक्स चिया, ग्रिन टीलगायत आठ प्रकारका चियाका स्वादमा स्थानीय चियाको उत्पादन अहिले स्थानीय बजारमा माग बढ्न थालेको छ।

परम्परागत बाली छोडेर सयौं रोपनी जग्गामा चिया उत्पादनमा लागेका किसान बजारमा माग बढ्न थालेपछि हर्षित भएका छन्। स्थानीय ठूला तीन उद्योगले उत्पादित हरियो पत्तीको मूल्य न्यून दिने गरेको भन्दै किसान आफैले २०६८ सालमा पाख्रिबासमा उद्योग स्थापना गरेका थिए। यसैगरी हात्तिखर्क गाविसमा समेत उद्योग खुलेको छ।
उद्योगले निजी रूपमा लगाएको १२ सय रोपनी क्षेत्रफलको चिया बगानमा कुनै विषादीको प्रयोग गरिँदैन। विभिन्‍न रोग र किराको प्रकोप भएमा गहुँत, तितेपाती, टिमुरलगायत औषधि र गाई, भैंसी, बाख्रा, सुँगुरबाट घरमा बनाइने जैविक मल प्रयोग गरिन्छ। अन्नपूर्ण पोस्टमा खबर छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us