Sunday, 27 September 2015

भारतले तेस्रो मुलुकका कन्टेनर पनि रोक्यो



भैरहवा-भारतले संयुक्त राष्ट्रसंघको भियना सन्धी उलंघन गदै तेस्रो मुलुकबाट आएका शिलबन्दी मालका कन्टेनरहरु समेत सीमानाकामा रोकिदिएको छ । 

सिंगापुर, चीन, थाईल्याण्डलगायतका मुलुकदेखि कलकत्ता वन्दगाहबाट चेकजाँच भइआएका (सिटीएस) कन्टेनरसमेत सिमानाकामा भारतको ठाडो रोक्नु मानवअधिकार विरोधी कार्य भएको यसक्षेत्रमा सम्वद्ध अधिकारी एवम् प्रतिनिधिहरुले गुनासो गरेका छन् । 


सीमानाका सुनौलीमा ५० बढी कन्टेनरहरु अलपत्र परेका छन् । उक्त कन्टेनरहरुमा सिसा, औद्योगिक कच्चा पदार्थहरु, दाल, एसिड, साल्ट, पलास्टिकको दाना, फर्निचर, साबुन बनाउने कच्चा पदार्थ, तोरी, केलाईट, फर्निस आयललगायतका सामान छन् । 


भारतीय अधिकारीहरुले पाँच दिनदेखि एउटा कन्टेनर पनि नेपाल छिर्न दिएको छैन ।  ठूला कन्टेनरहरुले सुनौलीतर्फको सडक डाकेको छ । कन्टेनरसँगै ७६ बुलेट ग्यासका ठूला ट्यांक, ७५ वटा पेट्रोलियम पदार्थका ट्यांकर लगायत औद्याोगिक कच्चा तथा खाद्यान्नका दुई हजार मालबाहक गाडीसमेत रोकिएका छन् । 

उक्त गाडी एवम् ट्यांकर तथा कन्टेनरहरुको लाइन नौतुनादेखि अगाडी लक्ष्मी नगरसम्म रहेको छ । 

केही साधनहरु त १० दिनदेखि सिमामा रोकिएको व्यापारी एवम् चालकहरुले गुनासो सुनाएका छन् । सीमामा धेरै दिन रोकिँदा सामानहरु समेत बिग्रनुका साथै ढुवानीकर्तालाई बढी भाडा दिनुपर्ने र समयमै कन्टेनर नर्फकँदा दैनिक जरिवाना तिर्नुपर्ने बाध्यता व्यापारीले खेप्नुपरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । 

तेस्रो मुलुकबाट आएका कन्टेनरहरु २१दिनभित्रै फर्कीसक्नुपर्ने नियम रहेको छ । समयमा फर्केर बलकता वन्दरगाह नपुग्दा व्यपारीहरुले दैनिक जरिवाना तिर्नुपरेको उनले गुनासो सुनाए । 

माल रोकीदा व्यपारीको माल विग्रने, महंगी हुने, जरिवाना तिर्नुपरेको संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले गुनासो गरे ।अाजको अन्नपूर्णमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us