Sunday, 20 September 2015

अब प्रदुसण गर्नेले क्षतिपूर्ति तिर्नुपर्ने

नेपालको संविधान २०७२ ले वातावरणीय प्रदूषण गर्ने प्रदूषकले प्रदूषणपीडितलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरेको छ ।
संविधानको धारा ३० को उपधारा २ मा ‘वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषणबाट कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ’ भन्ने उल्लेख गरिएको कारोबारमा खबर छ ।
विशेषगरी विकसित औद्योगिक मुलुकले गरेको प्रदूषणका कारण प्रकोप खेपिरहेको नेपालले प्रदूषक राष्ट्रबाट त्यसको क्षतिपूर्ति लिन सकिरहेको छैन् । आवश्यक कानुनी र संरचनागत व्यवस्थाको अभाव रहे पनि संविधानमै प्रदूषणबाट क्षतिपूर्ति लिने व्यवस्था राखिएकोले यो समस्या समाधान हुने देखिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us