काठमाडौँ, असोज ३ । संविधान जारी गर्नलाई केही घण्टा मात्रै बाँकी रहेका बेला मुलुकका विभिन्न स्थानमा शंकास्पद बस्तुहरु भेटीने क्रम बढेको छ ।
आइतबार बिहान ललीतपुरमा नेपाली सेनाले टेक्ली भित्र लुकाएर फालीएको बम डिस्पोज गरेको केही घण्टा अगाडी दाङमा सिलिन्डर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
दाङको लमही नगरपालीका वडा नं १ नर्तीमा रहेको नेपाल प्रहरीको अस्थाई पोष्टमा अज्ञात समुहले उक्त वम विष्फोट गराएको प्रहरीको भनाइ छ । उक्त बम गएराती विष्फोट गराइएको प्रहरीले जनाएको छ ।