Monday, 28 September 2015

हतियारसहितका सयौं भारतीय नेपाल पसेको खुलासा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको भन्सार केन्द्रित आन्दोलन विफल बनाउन सुरक्षा संयन्त्र केन्द्रित भएपछि पूर्वी तराईका सीमाक्षेत्रको सुरक्षा व्यवस्था फितलो बनको छ ।
 सीमाक्षेत्रको सुरक्षा फितलो भएको मौका छोपी हतियारसहितका भारतीयहरु नेपाल प्रबेश गरेको सीमाक्षेत्रका स्थानीय वासिन्दाले जानकारी दिएका छन् ।
मधेसी मोर्चाको भन्सार आन्दोलनले सुरक्षा संयन्त्र पनि भन्सारमा केन्द्रित भएपछि अन्य सीमाक्षेत्रमा सुरक्षा व्यबस्था कमजोर भएको छ ।
खुल्ला सीमानामा सुरक्षा व्यवस्था कमजोर भएको मौका छोपी भारतीयहरु धमाधम नेपाल पस्न थालेर्का थालेका छन् ।
पूर्वी तराईका सुनसरी, मोरङ, सप्तरी र सिराहाबाट हतियारसहितका भारतीयहरु नेपाल प्रवेश गर्न थालेको स्थानीयबासीको भनाइ छ ।
नजिकिदै गएको दशै तिहारको तयारीमा जुटेका सर्बसाधारणबाट नगद र सुन लगायतका सामाग्री लुटपाट गर्ने उदेश्यले पनि भारतीय डाँकाहरुको समुह नेपाल प्रबेश गरेका हुन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us