Wednesday, 16 September 2015

एसएलसी पूरक परीक्षामा ६६.९३ प्रतिशत उत्तीर्ण

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक मौका परीक्षाको परीक्षाफल  सार्वजनिक गरेको छ ।
परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए।

परीक्षामा छात्रतर्फ ५५ हजार ३८२ र छात्रातर्फ ६८ हजार ७४६ जना गरी एक लाख २४ हजार १२८ परीक्षार्थी सहभागी भएका थिए ।
जसमा छात्रतर्फ ३८ हजार ३९९ जना र छात्रातर्फ ४४ हजार ६७९ जना उत्तीर्ण भएका छन् ।
कार्यालयले २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाका रुपमा गत साउन २० गतेबाट एसएलसी पूरक परीक्षा सञ्चालन गरेको थियो । उत्तीर्ण परीक्षार्थीले यसवर्षदेखि नै कक्षा ११ अध्ययन गर्न पाउने भएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us