Sunday, 20 September 2015

नयाँ संविधानको स्वागत र बिरोधमा हजारौं सडकमा




विराटनगर– संविधान जारी हुनै लाग्दा विराटनगरमा त्यसको स्वागत र बिरोधमा हजारौं मानिसहरु सडकमा उत्रिएका छन्। संविधानको स्वागत गर्दै हजारौंको सहभागितामा विराटनगरमा मोटरसाइकल ¥याली निकाले लगत्तै असन्तुष्ट संयुक्त मधेसी मोर्चाले हजारौं मानिसको सहभागितामा यहाँ बिरोध जुलुस प्रदर्शन गरेका छन्। 
विराटनगरको सहिद रंगशालाबाट नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेता–कार्यकर्ता सहित हजारौंको संख्यामा सर्वधारणले संविधानको स्वागत गर्दै मोटरसाइकल ¥याली निकाले। ¥यालीका सहभागिहरु नेपालको झण्डा र तीनवटै पार्टीका झण्डा बोकेका थिए। उनीहरुले तराई, पहाड, हिमाल कोइ छैनौं पराई भन्दै नाराबाजीसमेत गरे। संविधानको स्वागतमा निकालिएको मोटरसाइकल ¥यालीलाई लक्षित गरेर विराटनगरको महाबीर चोकमा ढुंगा प्रहार गरिएपछि केही बेर स्थिती तनावपूर्ण बनेको थियो। तर,सुरक्षाकर्मीको बाक्लो उपस्थितिले केही अप्रिय घटना भने हुन पाएन।

संविधानको स्वागतमा विराटनगरको बिभिन्न स्थानमा खुशियाली मनाइएको छ। यता, संयुक्त मधेसी मोर्चाले संविधानमा आफ्ना माग नसमेटिएको बिरोधमा विराटनगरमा बिरोध जुलुस प्रदर्शन गरेका छन्। हातहातमा कालो झण्डा बोकेका हजारौं प्रदर्शनकारीले विराटनगरको परिक्रमा गरेका छन्। संविधानको स्वागत र बिरोधमा हजारौंको सहभागितामा प्रदर्शन हुन थालेपछि विराटनगरको सुरक्षा कडा पारिएको छ ।नागरिक दैनिकमा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us