Monday, 14 September 2015

राजसंस्था राख्ने प्रस्ताव बहुमतले अस्वीकृत



काठमाडौं–संविधानसभाबाट राजसंस्था  राख्नुपर्ने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। मंगलबार बसेको संविधानसभाको बैठकमा संविधानसको परिमार्जित विधेयकमाथिको संशोधन प्रस्तावमाथिको मतदानका क्रममा राजसंस्थालाई निरन्तरता दिने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था राख्ने प्रस्ताव बहुमतले अस्वीकार गरेको हो।  यसैबीच मंगलबारसम्म संविधानको परिमार्जित विधेयकमाथिको मतदानका क्रममा ६५ धारा पारित भइसकेका छन्। मंगलबार विहान सबा दश बजेबाट सुरु भएको बैठकले आठवटा धारा पारित गरेको हो।

यसैबीच संविधानसभाको बैठक स्थगित गरेको करिव दुई मिनेटको लागि व्यवस्थापिका संसदको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्री नरहरि आचार्यले भूकम्पबाट क्षतिग्रस्त संरचना निर्माणको लागि पूननिर्माण विधेयक संसदमा पेश गरेका छन्। व्यवस्थापिका संसदको अर्को बैठक साँझ सात बजे बस्ने गरी स्थगित भएको छ। नागरिक पत्रिकामा खबर छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us