Monday, 14 September 2015

बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, राष्ट्रसंघको गाडि तोडफोड

संविधानका धाराहरु धमाधम पास भइरहेका बेला संविधान सभा क्षेत्र नयाँ बानेश्वरमा भने तनाव भएको छ । ओमकार परिवारका नाममा हिन्दु राष्ट्रको माग गर्दै निशेधित क्षेत्रमा जुलुस प्रवेश गर्न लागेपछि झडप भएको हो ।झडपका क्रममा प्रहरीले प्रदर्शनकारीलाई लाठी र पानीको फोहरा हानेको छ । प्रदर्शनकारीले संयुक्त राष्ट्रसंघको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । अहिले प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोकेर राखेको छ । पानीको फोहोराले तितरवितर भएका प्रदर्शनकारी फेरि एकत्रित भएर नाराबाजी गरिररहेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us