Monday, 14 September 2015

पेस्तोलसहित सिरहामा दुई जना पक्राउ




लहान- जिल्लाको दक्षिण सीमावर्ती इनर्वा-८ बाट प्रहरीले मंगलबार बिहान कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषा गौरीप्रवाहाका दामोदर पासवान(२६) र ढल्केवर-७ का नुरमोहम्मद अन्सारी(५०) रहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी उमाप्रसाद चतुर्वेदीले जनाकारी दिए।
इनर्वा-८ स्थित पोखरीको डिलमा ७/८ जनाको समूहको डिलमा बसिरहेको बेला ठाढी प्रहरी चौकीको गस्ती प्रहरी टोलीले शंका लागेर त्यहाँ पुगेका थिए। प्रहरी देखेर बाँकी मानिस फरार भएका थिए। नियन्त्रणमा लिइएका दुई जनाको शरीर तलासी गर्दा उनीहरुको साथबाट एक थान कटुवा र चार राउण्ड गोली बरामद भएको चतुर्वेदीले बताए।

पक्राउ परेकाहरुको साथबाट सेतो र पहेँलो धुलो (५०० ग्राम) समेत बरामद भएको डीएसपी चतुर्वेदीले बताए। यो धुलो लागुऔषध हो वा अन्य कुनै वस्तु परीक्षण पश्चात प्रष्ट खुल्ने उनले बताए। नागरिक दैनीकमा खबर छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us