Sunday, 20 September 2015

संविधान जारी हुँदा राष्ट्रपतिको घरमै बत्ती बलेन




संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिएपनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नवाली ब्ल्याक आउट गरिएको छ । जनकपुर उपमहानगरपालिका ९ स्थित ब्रह्मपुरीस्थित यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन । कांग्रेसका नेता तथा मन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो । राष्ट्रपति छेउमै रहेका एमालेका नेता रघुवीर महासेठको घरमा पनि बत्ती बलेन । यसै क्रममा मोर्चाले ग्रामीण क्षेत्रमा संविधान जारी भएको खुसीयाली कसैले मनाएन र आइतबार राति घरमा बत्ती बाल्यो भने ५ हजार १ सय रुपैयाँ जरिबाना तिर्नुपर्ने उर्दी जारी गरेको थियो । समाचार आजको अन्न्पूर्णपोष्ट दैनिकमा छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us