Monday, 21 September 2015

हलिउड गाइका सेलेना गोमेजले किन बनाइन ‘ॐ’ लेखिएको टाटू?

हलिउड नायिका तथा विश्व प्रख्यात गायिका सेलेना गोमेजले आफ्नो शरीरमा टाटु लेखाएर चर्चा बटुलेकी छन् । त्यसो त सेलिब्रेटीहरुले टाटु लेखाउनु नौलो कुरा होइन तर सेलेनाले लेखाएको टाटु संस्कृत भाषाको भएका कारण यसले अरु भन्दा बढी चर्चा पाएको हो । 

सेलेनाले आफ्नो शरीरमा ‘ॐ’ लेखाएकी छन् । ‘ॐ’लाई ब्रम्हाण्डको सार मानिन्छ भने हिन्दु, बौद्ध र जैन धर्ममा यसको विशेष महत्व र अर्थ पाइन्छ । २३ वर्षीया सेलेनाले आफ्ना बायाँ तिघ्रामा ‘ॐ’ लेखाएकी हुन् ।
सेलेना गत वर्ष नेपालसमेत आएकी थिइन् । युनिसेफकी सदभावना दूतका रुपमा उनी नेपाल आएकी थिइन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us