Tuesday, 15 September 2015

रंगमन्चमा यौनकर्मीहरू





काठमाडौँको थिएटर मलको स्टेजमा टिमिक्क लुगा लगाएका युवतीहरू देखिए । अस्वभाविक हाउभाउ को साथ पारदर्शी लुगा लुगा लगाएका उनीहरू यौनकर्मी मान्न अप्ठ्यारो थिएन । त्यसो छ उनीहरू त्यहाँ ग्राहक पर्खिरहेका थिए । यो दृष्य थिएटर मलमा मन्चन भइरहेको नाटक ‘छिद्र क्यानभास’ को हो । नाटकमा यौनकर्मीहरू आफैँ जन्मिने नभइ समाजले नै जन्माउछ भनेर प्रस्तुत गर्न खोजिएको छ । 
यौनकर्मीको बिषय उठान गरिएको यस नाटकले समाजलाइ एक सकारात्मक सन्देश दिदै राजनीतिक बिषयलाईपनि उठाउन खोजिएको छ । टिकाभक्त जिरेलको लेखन एव निर्देशन रहेको यस नाटक टिबिजे कियसन र थियटर मलको संयुक्त प्रस्तुति हो । नाटकमा राम के ए सि, अंकित खड्का, राजिन श्री आचार्य, प्रिया पाण्डे , बिनिता थापा, प्रभास लिम्बु, अस्मिता तिमल्सिना , महाबिर बिश्वकर्मा, नेहा पोखरेल, सिमन खड्का, सिता राना शंकर पराजुली र केशव प्रसाद रिजालको अभिनय रहेको छ । कलाकारहरुको अभिनय उत्कृष्ट रहेको छ, जसले नाटकलाई जीवन्त पनि बनाएको छ ।  यो नाटक असोज ९ गते सम्म सुन्धाराको काठमाडौँ मलमा रहेको थिएटर मलमा बुधबार बाहेक हरेक दिन साँझ साढे ५ बजे मन्चन हुनेछ । नयाँपाटी मा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us