Tuesday, 15 September 2015

लालबाबुको बैंक खातामा ४९ लाख





काठमाडौं । अहिलको मन्त्रिमण्डलका चर्चित मन्त्री लालबाबु पण्डितको काठमाडौंमा घर छैन । गृह जिल्ला मोरङमा एउटा घर छ । काठमाडौंमा घर नभए पनि उनको नगद भने प्रशस्त देखिएको छ । जग्गा भने मोरङ, सर्लाही र ललितपुरको सैंबुमा छ । एभरेष्ट बैंक र कृषि विकास बैंकमा गरेर उनको ४९ लाख रुपैयाँ रहेको उल्लेख छ । जसलाई उनले पैतृक र स्वआर्जन सम्पत्तिका रुपमा उल्लेख गरेका छन् । 

उक्त रकम मन्त्री हुनुभन्दा अघि देखि नै बचत भएको उनले बताएका छन् । गहनातर्फ १० तोला सुन र १४ तोला चाँदी मन्त्री पण्डितको परिवारसँग छ, आजको दृष्टि साप्ताहिकमा खबर छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us