Thursday, 24 September 2015

एक रुपैयाँ ठग्दा पाँच हजार जरिवाना



सोमबार बिहान ललितपुर पुल्चोकबाट एकजना यात्रु टेम्पोमा चढेर मिनभवनस्थित यातायात व्यवस्था विभाग कार्यालय अगाडि ओर्लिए । चालकले उनीसँग भाडाबापत १८ रुपैयाँ मागे ।
यात्रुले पुल्चोकबाट मिनभवनको जम्मा दूरी ३.९ किलोमिटर मात्र रहेको र सरकारी नियमअनुसार भाडा जम्मा १३ रुपैयाँ मात्र रहेको बताए । तर, चालकले मानेन् ।
त्यसपछि ती यात्रुले आफ्नो परिचयपत्र देखाउँदै यातायात व्यवस्था विभाग अनुगमन महाशाखा प्रमुख बसन्त अधिकारीको परिचय दिए । नजिकैका ट्राफिक प्रहरी बोलाए र चालकलाई तत्कालै नियमविपरीत बढी भाडा असुलेकोमा पाँच हजार जरिवाना तिराईहाले ।
सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासोपछि छड्के अनुगमनमा निस्केका अधिकारीसहित अनुगमन टोलीले उक्त टेम्पोचालकलाई मात्र नभई एक सातायता तीन सय ५० भन्दा बढी सवारीचालकलाई कारबाही गरिसकेको नागरिक दैनिकमा खबर छ ।
कारबाहीमा परेका सबैलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अधिकतम कारबाही स्वरुप पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us