Wednesday, 30 September 2015

भोलिदेखि निजी सवारीलाई तेल नदिने सरकारको निर्णय

सरकारले भोलि बिहीबारदेखि निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ । कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्बिचार गर्न दिउँसो गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरलाई पनि तेल नदिने निर्णय गरेको छ ।
अब यात्रु बोक्ने सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल बेच्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए । यी बाहेकका कुनै सवारी साधनले पनि अब तेल खरिद गर्न पाउने छैनन् ।
भारतले अघोषित नाकाबन्दी लगाएपछि तेलमा कोटा प्रणाली लगाएको सरकारले अब निजी सवारीलाई तेल बिक्री रोक्ने निर्णय गरेको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us