आकाशिँदो मूल्यले प्याज काट्दामात्रै होइन किन्दा पनि आँसु आउने अवस्था भएको छ ।
नेपाली बजारमै एक महिनाअघिसम्म ५० रुपैयाँ किलोमा पाइने प्याज अहिले डेढ सय रुपैयाँ किलो पुगेको छ ।
निरन्तर महंगिदो प्याज नहाली तरकारीको स्वादै आउँदैन । नेपाली बजारमा भारत र चीन दुबैबाट प्याजको आयात हुन्छ ।
भारतमै पनि अहिले प्याजको निरन्तर बढ्दो भाउले गृहणी आतंकित भएका छन् । कम आम्दानी भएका परिवारमा त प्याज सुँघेरै चित्त बुझाउनुपर्ने अवस्था छ ।
लगातार बढेको भाउले साधरण र न्यून आय हुने मानिसको चुल्हो र भान्सबाट प्याज गायब नै भइसकेको छ ।
बढ्दो भाउका कारण रेस्टुरेन्टहरुले पनि प्याज लगाएर खानेकुरा बनाउन छाडेका छन् । यसको ताजा उदाहारण भारतको गुजरात राज्यस्थित राजकोटमा देख्न पाइन्छ ।
प्याजको आकाश छुँदै गरेको मूल्यका कारण राजकोटस्थित एक रेस्टुरेन्टका मालिकले पोस्टर नै टाँसेर खानासँग प्याज दिन नसक्ने घोषणा गरेका छन् ।
'ग्राहकसँग विनम्र निवेदन छ, केही दिनका लागि सलादमा प्याज दिन बन् गरिएको छ', रेस्टुरेन्टमा टाँसेको सूचनामा भनिएको छ ।
भारतका केही राज्यहरुमा प्याजको मूल्य प्रतिक्वीन्टल ४ हजार रुपैयाँदेखि ४१ सय रुपैयाँसम्म बिक्री भइरहेको छ ।
समाचार अनुसार भारतमा अक्टोबर भन्दा यता प्याजको मूल्य घट्ने कुनै छाँट देखिएको छैन । भारतमा प्याजको मूल्य नघटेपछि त्यसको सिधा असर नेपालीको चुल्हो र भान्सासम्म पर्ने पक्का छ ।अन्नपूर्ण पोस्टमा खबर छ।