Monday, 14 September 2015

पूर्वसभासद् सिंहद्धारा तीन जना पत्रकार मार्ने धम्की

पूर्वसभासद् बबन सिंहले रौतहटका तीन जना पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन्।रौतहटको सदरमुकाम गौरस्थित कोहिनुर एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्वसभासद् बबन सिंहले रौसो धम्की दिएका हुन्। स्थानीय एफएमबाट प्रसारित कार्यक्रममा पूर्व सभासद् सिंहले मधेस आन्दोलनलाई मथ्थर पार्न समाचार सम्प्रेषण गरेको आरोप लगाएका हुन् । उनले नागरिकका पत्रकार मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका हुन्। पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ । महासंघले एक विज्ञप्ती जारी गरी आन्दोलनका समाचारहरु निर्वाध रुपमा सम्प्रेसण गरिरहँदा पनि रौतहटका तीन जना पत्रकारविरुद्ध पूर्व सभासद् सिंहले लगाएको आरोप र धम्कीको घोर भत्र्सना गरेको छ। मधेस आन्दोलनका क्रममा पत्रकार जगत्ले प्रदर्शनकारी र प्रहरीबीच हुने गरेको झडपमा संभावित जोखिमको पर्वाह नगरी निर्वाध रुपमा निष्पक्ष एवं वस्तुनिष्ठ समाचार सम्प्रेषण गरिरहँदा पनि पूर्व सभासद् सिंहले यस्तो धम्की दिएका हुन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us