Saturday, 19 September 2015

संविधान जारी हुने दिन उपत्यकामा भेटिएको बम सेनाद्धारा डिस्पोज,सुरक्षा व्यवस्था कडा

संविधान जारी हुने दिन आइतबार सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । तर आइतबार बिहानै ललितपुरको दुई स्थानमा भने बम भेटिएको छ । नेपाली सेनाका प्रधानसेनापतिको सरकारी निवास जाने बाटोको महालक्ष्मीस्थान र पूल्चोकमा बम भेटिएको हो । महालक्ष्मीस्थानबाट सातदोबाटो जाने बाटोमा र पूल्चोकको सुजुकी सोरुम अघि बम रहेको जानकारी प्रहरीले दिएको थियो ।

बम भेटिएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । पूल्चोकमा भेटिएको बम डिस्पोज गर्दा दुई ठूलो रुपमा आवाज आएको थियो भने महालक्ष्मीस्थानको बम डिस्पोज गर्दा भने एक पटक मात्र आवाज सुनिएको थियो । पूल्चोकमा पहिलो पटक प्रयास गर्दा डिस्पोज नभएको र पुन दोस्रो पटक प्रयास गरेर डिस्पोज गरेको ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । बम भेटिएको स्थानबाट प्रहरीले नेकपा माओवादी लेखिएको २०७१ साल पुषको पर्चा र झन्डा बरामद गरेको छ। ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए अनुसार यो बम केवल जनमानसमा त्रास फैलाउन राखिएको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us