Friday, 25 September 2015

चीनले आपूर्ति बढाउने संकेत



चीनले नेपालको संविधान बहुसंख्यक जनताबाट अनुमोदित भएकाृ उल्लेख गर्दै सरसामानको आपूर्ति बढाउने संकेत दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

संविधान घोषणापछि भारतबाट अत्यावश्यक वस्तु आयातमा समस्या उत्पन्न भइरहेका बेला चीनले यस्तो संकेत दिएको हो ।

शुक्रबार बेइजिङमा चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केसँगको भेटमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री फङ सियाङले आफैँ सहयोग प्रस्ताव राखेका हुन् । उनले तातोपानी र केरुङ नाका खुलाउन पहल गर्ने बताएका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us