विराटनगरको महाबीर चोकमा प्रहरीले चलाएको गोली लागेर एक १७ वर्षीया किशोरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।
संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले प्रहरीको गोली लागेर एक दर्जन कार्यकर्ता घाइते भएको बताए ।
रोडशेष चोक, जलजला रोड लगायतका क्षेत्रबाट शनि मन्दिर क्षेत्रमा एकत्रित भएर प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले रोक्न खोजेको थियो । सो क्रममा केही तनावको स्थिति सिर्जना भएको हो ।