Saturday, 26 September 2015

नेपाल आउन जहाजलाई इन्धनको व्यवस्था आफैं गर्न निगमको आग्रह



नेपाल आयल निगमले नेपाल आउने जहाजलाई इन्धनको व्यवस्था आफै  गर्न आग्रह गरेको छ। भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी गरेपछि हवाई इन्धन आपुर्तिमा समस्या भएको भन्दै निगमले यस्तो आग्रह गरेको हो।सेतो पाटीमा खबर छ ।

निगम प्रवक्ता दीपक बरालका अनुसार छोटो दुरीबाट आउने/जाने जहाजले अब सबै इन्धनको व्यवस्था गर्नुपर्ने छ भने लामो दुरीका जहाजका लागि  निगमले केही मात्रामा हवाइ इन्धन उपलब्ध गराउने छ।

निगमले लामा दुरीका जहाजका लागि नजिकको मिल्ने स्थानमा इन्धनको व्यवस्था मिलाउन समेत आग्रह गरेको छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us