Wednesday, 9 September 2015

महोत्तरीमा प्रहरीको गोली लागी ४ जनाको मृत्यु, अवस्था तनावग्रस्त

महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागि बुधबार ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जलेश्वर नगरपालिका–७ का रोहित चौधरी, जलेश्वर–१४ पखडी गाउँका मुसो कापर, महोत्तरी गाविस–५ का रामविवेक यादव रहेका छन् । एकजनाको सनाखत हुन सकेको छैन । जलेश्वरको अवस्था अहिले तनावग्रस्त रहेको छ । गाउँ–गाउँबाट जलेश्वर पुगेका प्रदर्शनकारीहरु ढुंगा प्रहार गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीतर्फ बढ्न लाग्दा सुरक्षाकर्मी केही सेल अश्रुग्यासका साथै गोली प्रहार गरेको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us