Thursday, 24 September 2015

नयाँ प्रधानमन्त्री चयन गर्ने संसद अधिवेशन शनिबार !



काठमाडौँ, असोज  ७ । सरकारले शनिबार अपराह्नसम्ममा व्यवस्थापिका–संसद् अधिवेशन आह्वानको तयारी थालेको छ ।

      नेपालको संविधान, २०७२ को धारा २९६ को उपधारा (६) अनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले  व्यवस्थापिका–संसद्को बैठक आह्वान गर्नेछन् ।

      प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय,  संसदीय मामिला र शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यले सभामुख सुवासचन्द्र नेम्बाङलाई आज भेटेर संसद् बैठक आह्वान गर्ने सम्बन्धमा छलफल गरे ।

      सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को अधिवेशन बोलाउने सन्दर्भमा कानुन मन्त्री र आफूबीच छलफल भएको जानकारी दिँदै सभामुख नेम्बाङले ‘संभवतः यही असोज ९ गते साँझसम्ममा संसद् बैठक आह्वान हुने’ जनाकारी दिए ।

      संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री चयनका साथै नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न संवैधानिक प्रावधानअनुसार संविधान जारी भएको सात दिनभित्र व्यवस्थापिका–संसद् बैठक आह्वान गर्नुपर्नेछ ।नेपाली पत्रमा समाचार छ । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us