भारत स्वतन्त्र भएदेखि नै दार्जीलिङ पहाडसहितको नेपाली मुलका भारतीयहरु बसेको भूमिको स्वायत्तता माग गर्दै आएकारुले मोदी सरकारलाई नेपालको राजनीतिमा हस्तक्षेप गर्नुअघि दार्जीलिङको समस्या समाधान गर्न आग्रह गरेका छन् ।
चुनाबताका ‘गार्खालीको सपना मेरो पनि सपना’ बताएर भोट मागेका मोदीले सत्तामा पुगेपछि ‘वाचा विर्सेको भन्दै नेपालतर्फ चासो नदिइ स्वदेशको समस्या समाधान गर्न आग्रह गरेका हुन् ।
गोर्खाल्याण्डको पक्षमा लडेकाहरुले मोदीले चुनावताका गोर्खाल्यण्डको सपना पालेका पहाडीयाको मत लिएको आरोप लाग्ने गरेको छ ।
उनीहरुले सार्वभौम नेपालीको भावनामा चोट पर्ने कदम नचाल्न पनि आग्रह गरेका छन् । पहिचानको आन्दोलमा अग्रमोर्चामा रहने दार्जीलिङ बजारका रोशन भुटीयतले भने, ‘मोदीले हामीलाई त झुक्याए , नेपालीको मनमा चोट नपुर्याउन् ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।