Friday, 18 September 2015

‘नेपालको संविधान २०७२’ सभामुख नेम्वाङद्वारा प्रमाणित

संविधानसभाबाट पारित भएको ‘नेपालको संविधान २०७२’ संविधानसभाका सभाध्यक्ष सुवास चन्द्र नेम्वाङले प्रमाणित गरेका छन् । सभाध्यक्ष नेम्बाङले ‘नेपालको संविधान २०७२’ प्रमाणित गरेपछि संविधान घोषणा हुन मात्र बाँकी रहेको छ ।
संविधानसभाबाट पारित भएको नेपालको नयाँ संविधानमा आज सभासद्हरुले हस्ताक्षर गरेका थिए । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा। बाबुराम भट्टराइको अध्यक्षतामा गठित समितिले संविधानको संशोधन प्रस्ताव, भाषिक शुद्धता र अनुक्रम मिलाउने काम बिहिबार सकिएपछि आज सभासद्हरूले हस्ताक्षर गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us