Sunday, 20 September 2015

वीरगन्जमा प्रहरीको गोली लागि एकको मृत्यु तीन गम्भीर

संविधान घोषणा गर्ने दिन  कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। यस्तै प्रहरीको गोली लागि ३ जना गम्भीर घाइते भएका छन्। प्रहरी र प्रदर्शनकारीको झडपमा करिब तीन दर्जन घाइते भएका छन्।
घाइतेहरूको वीरगन्ज उपक्षेत्रीय अस्पतालमा उपचार भइहरेको छ। अहिले वीरगन्जको घन्टाघर, माइस्थान क्षेत्र तनावग्रस्त छ।
प्रहरीको गोली लागि मृत्यु हुनेमा स्थानीय पकाहमैनपुरका सत्रुधन पटेल रहेका छन्।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us